दशैँ अघिको अन्तिम कारोबार दिन नेप्से सकारात्मक

Sep 28, 2025 03:09 PM Merolagani



दशैँ अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक ११.५१ अंक बढेर २६६३.५१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१० अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। गत बिहीबार ३ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ३९ हजार ८५९ पटकको कारोबारमा २ अर्ब ९३ करोड ५९ लाख १४ हजार रुपैयाँबराबरको ७५ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको इकाईमूल्य यस दिन ८९ पैसा बढेर ९ रुपैयाँ ७९ पैसामा अन्तिम कारोबार भएको छ यस दिन भगवती हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने यूनियन हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको सिक्लेस हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ११ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम सिमेन्ट्को कारोबार रकम ८ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२८ प्रतिशत घटेको छ। होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य घटेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।