नेप्सेसँगै घट्यो कारोबार रकम

Aug 21, 2026 03:09 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार सामान्य अंक बढेर बन्द भएको नेप्से यस दिन भने सामान्य अंक घटेर बन्द भएको हो।

शुक्रबार नेप्से परिसूचक १०.६७ अंक घटेर २६१८.७२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बिहीबार ४ अर्ब ४० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४४ स्टकको ५९ हजार ८०५ पटकको कारोबारमा ४ अर्ब १६ करोड ७६ लाख १८ हजार रुपैयाँबराबरको १ करोड २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य १०४ रुपैयाँ बढेर ७९७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य करिब १४ प्रतिशत बढेको छ। कारोबारमा आएको धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ५.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोलु हाइड्रोपावरको साढे २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०६ प्रशित घटेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।