बाढी, पहिरो र डुबानबाट अवरुद्ध सडक छिटै सुचारु हुन्छः मन्त्री घिसिङ

Oct 05, 2025 06:06 PM merolagani



ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशभरका अवरुद्ध सडक छिटो भन्दा छिटो सुचारु गराउने बताएका छन् ।

बाढी, पहिरो र डुबानका कारण अवरुद्ध हुन पुगेका सबै सडकहरु तत्काल सुचारु गराउने गरी कामलाई अघि बढाइएको पनि उनले स्पष्ट पारे । आईतवार सिंहदरवारमा बाढी, पहिरो र डुबानका कारण उत्पन्न परिस्थितिबारे पत्रकार सम्मलेन गरी जानकारी दिने क्रममा मन्त्री घिसिङले सडक सञ्जाल अवरुद्ध हुँदा समस्या परेमा वैकल्पिक सडकहरुको प्रयोग गर्न पनि यातायात व्यवसायीहरुलाई आग्रह गरे । उनले अवरुद्ध सडकहरु खुलाउनका लागि सबै खालको शक्ति परिचालन गरिएको पनि बताए। 

मन्त्री घिसिङले सरकारले क्षति भएका व्रिज तथा बेलिब्रिजहरुको जडान कार्यलाई पनि अघि बढाईसकेको बताए

ऊर्जा, भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री कुलमान घिसिङले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत आजैबाट सुचारु हुने बताए । 

आईतवार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्री घिसिङले लोडसेडिङ हुनुपर्ने कुनैपनि अवस्था नरहेको पनि स्पष्ट पारे । 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।