भगवति हाइड्रोपावरको शेयरमूल्य समायोजन

Oct 06, 2025 12:20 PM Merolagani



असोज २० गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (BGWT) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २१ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

नेप्सेले कम्पनीको १४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ८२५ रुपैयाँ ३५ पैसा कायम भएको छ। नेप्से दशैँ अघिको अन्तिम कारोबार मूल्यको आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। दशैँ अघि कम्पनीको शेयर प्रतिकित्ता ९४० रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

यहि समायोजित मूल्यलाई आधार मानेर भोली कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले कात्तिक २ गते, आइतबार, आव्या क्लब, घारीपाटन, पोखरामा २५ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सो अनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, सञ्चालक समितिको गठन र संख्या परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।