इभीमा चिनियाँ र भारतीय कम्पनीको दबदबा, ब्रान्डबीचको प्रतिष्पर्धाले मूल्यमा कस्तो असर गर्ला ?

Oct 09, 2025 06:06 AM merolagani



पछिल्लो पटक नेपाली बजारमा चिनियाँ र भारतीय कम्पनीका विद्युतीय सवारी(इभी)को प्रतिष्पर्धा बढ्दै गएको छ ।

सरकारले पनि आर्थिक वर्ष २०८२/०८३ मा इभीको आयातमा लाग्ने कर स्थिर राख्ने निर्णय गरेसँगै दुवै देशबाट धमाधम इभीहरु भित्रिएका छन् ।

नेपालमा यसअघि देखि चिनियाँ ब्रान्डका गाडीहरुले पहिलेदेखि नै राम्रो बजार पाउँदै आएका छन् । त्यस्तै, पछिल्लो पटक भारतीय कम्पनीका नयाँ नयाँ इभी गाडीहरु भित्रिइरहेका छन् ।

यसअघि नै चिनियाँ ब्रान्डका बीवाइडी, लिपमोटर, जिकरलगायतका ब्रान्डहरुले आम ग्राहकबाट राम्रो रेस्पोन्स पाइरहेका छन् । त्यस्तै भारतीय कम्पनी टाटा र एमजी कम्पनीहरुले पनि नयाँ नयाँ मोडेलका इभी ल्याउने तयारी गरिरहेका छन् ।

एमजीका आउने नयाँ गाडीहरुमा एमजी एम९, एमजी ४ इभी, साइबेरस्टेर इभी हुन् । त्यस्तै, टाटाका नयाँ इभीहरु समेत नेपालमा बिक्रि सुरु भइसकेको छ । जसमध्ये टियागो इभी, टिगोर इभी, नेक्सन इभी, पञ्च इभी, ह्यारीएर इभी र कर्भ इभीको बिक्रि नेपालमा सुरु भइसकेको छ ।

त्यस्तै, टाटाका नयाँ मोडेलहरुमा अभिन्य इभी सन् २०२५ भित्र लन्च हुने तरखरमा छ । सियरा इभी, हारियर इभी, सफारी इभी र नानो इभी पनि सन् २०२६ भित्रै लन्च गर्ने मिति तय गरिएको छ ।

त्यस्तै, चीनियाँ ब्रान्डका बीवाइडी, एलआइ मेगा, लिपमोटर इभी,जेली, नेटा, एभतारजस्ता इभी गाडीहरु नेपालमा आइरहेका छन् । केही कम्पनीहरुले नयाँ मोडेलका एसयूभीहरु समेत भित्र्याउने तयारी गरिरहेका छन् । बीवाइडीजस्ता एसयूभीमा नेपाली ग्राहकको मुख्य रोजाई बन्दै गएको छ ।

यसरी, दुवै देशले इभी बजारमा आफ्ना नयाँ नयाँ प्रडक्ट ल्याइरहँदा नेपाली बजारमा त्यसको मूल्यमा कस्तो असर गर्ला भन्ने आम प्रश्न उब्जिन थालेको छ । तर, अटो व्यवसायीहरु भने दुवै देशबाट आउने इभीको मूल्यमा त्यति धेरै फरक नपर्ने बताउँछन् ।

चीन र भारतबाट आएका इभी गाडीहरुमा मूल्य लगभग उस्तै हुने अवस्था रहेको नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका पूर्वअध्यक्ष अनुप बराल बताउँछन् ।

भारतबाट आउने टाटाको सानो टियागो गाडीको मूल्य र बीवाईडी अट्टो १ को मूल्य पनि उस्तै रहेको उनको भनाइ छ । ‘भारत वा चीनबाट आयात हुने इभीमा मूल्य लगभग उस्तै नै हुन्छ । त्यति फरक पर्दैन जस्तो लाग्छ,’ उनले भने,‘ टाटाको सानो टियागो इभीको मूल्य र अहिले बिवाइडीले ल्याएको अट्टो १ उहीँ मूल्यमा आएको छ ।’

उनकाअनुसार, इभी गाडीमा अब मूल्यको कुरा भन्दा पनि त्यसको फिचर र ग्राहकले पाउने सुविधा महत्वपूर्ण हुनेछ ।

पछिल्लो पटक सरकारले पनि इभी गाडी खरिद गर्न लोनको सुविधामा सहजीकरण गरेकाले आयात र मागसमेत बढ्दै गएको उनको भनाइ छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।