बजार सुधार सुझाव कार्यान्वयनमा, किन डराए लगानीकर्ता ?

Oct 08, 2025 05:56 PM Merolagani



शेयर बजार प्रति सरकार सकारात्मक छ । सरकार गठन भएको दोस्रो दिनमै बजारका समस्या पहिचान गर्न कार्यदल गठन गर्यो ।

उक्त कार्यदलले बजार सुधारका लागि गर्नै पर्ने सुझावहरु सरकारलाई बुझाई सकेको छ । सरकारले पनि उक्त सुझावहरु कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन गरेको छ । कार्यदलको सुझाव लगानीकर्ताको मर्म अनुसारको रहेको बुझाई छ र सरकारले पनि अक्षरस कार्यान्वयन गर्न निर्देशन दिएको हो । यद्यपि सरकारको उक्त सकृयतालाई बजारले विश्वास गरेको देखिदैन ।

दशैंपछि खुलेका दुई कारोबार दिन नै शेयर बजार फराकिलो अंकले घटेर बन्द भएको छ । दुई दिनको अन्तरालमा नै १०० अंक भन्दा धेरैले घटेको हो ।

बुधबारको बजार ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा झरेको छ । यस दिन ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । पछिल्लो समय मुलुकमा राजनीतिक अस्थिरता बढेको महसुस लगानीकर्ताहरुले गर्न थालेका छन । राजनीतिक गतिविधिले बजारमा लगानी गर्न लगानीकर्ता डराइरहेकाे शेयर बिश्लेषकको भनाइ छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।