एमाले संसद पुनर्स्थापनामा लाग्छ, यो सरकार चुनाव गराउनका लागि होइनः ओली

Oct 09, 2025 02:14 PM merolagani



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले संसद पुनर्स्थापनको मुद्दा लिएर अघि बढ्ने बताएका छन् ।

उनले यसका लागि नेपाली कांग्रेससहितका लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्नेमा जोड दिए ।

 

एमालेको भक्तपुर जिल्ला कमिटीद्धारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले यो सरकार संविधान मिचेर बनाइएकाले यसले चुनाव गराउन नसक्ने बताए । उनले विश्वमा यस्ता सरकारहरुले कतै पनि चुनाव नगराएको दृष्टान्त पनि सुनाए ।

ओलीले भने, ‘संविधान मिचिएको छ । मिचिएकै बिन्दुमा पार्टीले गतिविधि अघि बढाउँछ ।'

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।