भक्तपुर जिल्ला कमिटीद्धारा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका ओलीलाई कार्यक्रम समापन पछि आयोजकले चुच्चे नक्सा उपहार दिएका हुन् ।
अभिव्यक्तिका क्रममा पटक पटक ओलीले देशको सार्वभौम सत्तामाथि गम्भीर प्रहार भएको बताएका थिए । उनले नेपालको चुच्चे नक्सालाई संवैधानिक मान्यता दिलाएपछि आफुमाथि प्रहार हुन थालेको दाबी गरेका थिए ।
उनले देशको स्वाभिमान र सार्वभौमसत्ताका लागि बलिदान गर्न आफु तयार रहेको समेत बताए । उनले वर्तमान सरकार विदेशीको डिजाइनमा बनेको बताए ।