परीक्षापछि सुरक्षाका लागि ती उत्तरपुस्तिकाहरू प्रहरी चौकीहरूमा राखिएका थिए । भदौ २४ गते प्रदर्शनकारीहरूले विभिन्न स्थानका प्रहरी चौकीमा आगजनी र तोडफोड गरेका थिए।
घटनापछि दुवै निकायले पुनः परीक्षा लिनुपर्ने निर्णय गरे पनि विद्यार्थीहरूले भने त्यसको विरोध गर्दै वैकल्पिक मूल्याङ्कनको माग गरेका छन्।
सिटिइभिटीकाे परीक्षा समितिको असोज १० गतेको बैठकले जलेका केन्द्रहरूको पुनः परीक्षा मंसिर ४ गते सञ्चालन गर्ने निर्णय गरिसकेको छ।
सिटिइभिटीका करीव १७ हजार र त्रिविका २ हजार उत्तरपुस्तिका जलेकाे बुझिएकाे छ ।