बाढीका कारण सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोडको क्षति

Oct 09, 2025 03:02 PM merolagani



गत असोज १७ देखि १९ गतेसम्मको अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।

सडक विभागको प्रारम्भिक विवरणअनुसार, सडकतर्फ ७ अर्ब र पुलतर्फ ९१ करोड रुपैयाँको क्षति पुगेको हो ।

दुई दिनको अविरल बर्षाका कारण बीपी राजमार्गसहित मुख्य राजमार्ग अवरुद्ध बनेका थिए । देशभरका मुख्य र रणनीतिक सडक तथा राजमार्ग अवरुद्ध हुँदा आम जनजीवन प्रभावित बनेको थियो ।

 

सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, सडक र पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । मेची राजमार्ग, बीपी राजमार्ग, अरनिको राजमार्गलगायत ठूला तथा साना राजमार्ग गरी हालसम्म ९ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध नै छन् ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।