बिशेष महाअधिवेशन छाडेर गगनले गरे नियमित महाअधिवेशनकाे प्रस्ताव

Oct 09, 2025 04:41 PM merolagani



नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

बिशेष अधिबेशनका लागि हस्ताक्षर अभियानमा रहेका थापा र अर्का महामन्त्री बिश्वप्रकाश शर्मा दुवै जना नियमित अधिवेशनका लागि तयार भएका हुन् ।

जेनजी आन्दाेलनपछि काँग्रेसकाे  पदाधिकारी बैठक बिहीवार बसेकाे छ । सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि उप सभापति पूर्णबहादुर खड्काकाे अध्यक्षतामा बैठक बसेकाे थियाे ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।