बजारमा आट गर्नेले कमाउँछ, डराउने हराउँछ !

Oct 09, 2025 07:12 PM Merolagani



शेयर बजार सुधार कार्यदलले सरकारलाई बुझाएको सुझाव कार्यान्वयनमा छ । नेपाल राष्ट्र बैंकले अल्पकालमा गर्न पर्ने केहि सुझावहरु कार्यान्वयन गरेको छ ।

कार्यदलले सरकारलाई बुझाएको पहिलो नम्बरको सुझाव मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा नेपाल राष्ट्र बैंकले हटाएको हो । साथै संगठित संस्थाको शेयर, डिवेञ्चर तथा अन्य लगानी सम्बन्धी व्यवस्था पनि लचक बनाएको छ । 

 

नेपाल राष्ट्र बैंकले सुझाव कार्यान्वयनमा देखाएको सकृयता प्रति शेयर बजारका लगानीकर्ताहरु सकारात्मक रहेका छन् । सोही अनुसार कारोबार खुलेको पहिलो ३ मिनेटको अन्तरालमा नै बजार ४ प्रतिशतले बढेर २० मिनेटको लागि बन्द भयो । त्यसपछि खुलेकाे बजार विस्तारै सामान्य भएको हो ।

लगानीकर्ताले वर्षैदेखि उठाउँदै आएका मागहरु पुरा भएका छन् । यद्यपि बजारमा लगानीकर्ताहरुको उत्साह भने देखिएन । बजारले बढ्नेको सूचकमा टिक्न नसक्दा लगानीकर्ताको विश्वास हराएको हो । मुलुकमा देखिएको राजनीतिक गतिविधिको कारण बजारमा भएका सकारात्मक पक्षहरु पनि ओझेलमा परेका छन् । बजारको लागि चालिएको कदमहरुले प्रतिकृया जनाउन नसकेको हो । 

बजार लगानी गर्ने राम्रो समय भएको अनुभवी लगानीकर्ता नयन बास्तोलाले बताए । शेयर बजारको सुझारको लागि सरकार कटिवद्ध छ । सम्बन्धित सरोकारवालाहरुले यसको कार्यान्वयनमा जोड दिनु पर्छ । यसै समयमा नगरिकको सरकार छ । ब्याजदर घटेको छ । प्रणालीमा पैसा पर्याप्त छ । सम्बन्धित सरोकारवालाहरुले चुस्त भएर काम नगर्दा लगानीकर्ताको विश्वास कमजोर भएको बास्तोलाको भनाइ छ । यो शेयर बजारमा आट गर्नेले कमाने र डराउनेहरु बजारबाटै हराउनु पर्ने हुन्छ । अहिले बजारमा आट गरेर लगानी गर्ने समय भएको बास्तोलाको भनाइ छ ।

बिहीबारको बजार २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा पुगेको छ । यसदिन ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।