Thu, Oct 09, 2025
नेपाल राष्ट्र बैंकले राजस्व संकलनका लागि आरटीजीएस शनिबार बिदाका दिन पनि सुचारु रहने जनाएकाे छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै आउँदो शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।
आरटीजीएस प्रणाली शनिबार (असोज २५ गते) पनि सुचारु रहने भएको छ। यो दिन आरटीजीएस प्रणाली बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म १२ घन्टा सुचारु रहनेछ।
असोज १९ गते, आइतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।