सातामा ३ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Oct 11, 2025 05:58 AM Merolagani



यस साता नेप्से परिसूचक ३ प्रतिशत घटेर बन्द भएको छ। गत साता २६६३.५१ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.०५ प्रतिशत अर्थात ८१.३३ अंक घटेर २५८२.१८ विन्दुमा झरेको छ।

यस साता ३ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये १ करोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ११.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.२७ अंक घटेको छ।

नेप्से घटेपनि यस साता कारोबार रकम पनि बढेको छ। दशैँ अघिको अन्तिम कारोबार दिन २ अर्ब ९४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब २२ करोडको शेयर किनबेच भएको छ। दशैँ अघिको अन्तिम कारोबार दिनको तुलनामा यस साताको दैनिक कारोबार रकम ७७.८५ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषतमा १ करोड १९ लाख कित्ता शेयर र दैनिक औषतमा ५८ हजार ४२७ पटक कारोबार भएको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ३ प्रतिशत घटेको छ। दशैँ अघिको अन्तिम कारोबार दिन ४४ खर्ब ५२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ३५ अर्ब रुपैयाँ घटेर ४३ खर्ब १६ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.७९ प्रतिशत घटेको छ। गत साता २४३३.४३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४०.९१ अंक घटेर २२९२.५२ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३५५.०२ अंक घटेको छ।

यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम १.६० प्रतिशत घटेको छ। दशैँ अघि २०.६१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.३३ अंक घटेर २०.२८ विन्दुमा झरेको छ।

यस साता कुनै पनि स्टकको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा बढी छैन। यस साता १० प्रतिशत एमआईएमबि डिबेञ्चर २०९० को मूल्य सबैभन्दा बढी ४.७० प्रतिशत बढेको छ। यस साता भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक १४.८१ प्रतिशत घटेको छ। त्यस्तै, पञ्कन्या माइ हाइड्रोपावरको शेयरमूल्य १०.४५ प्रतिशत घटेको छ भने यूनिक नेपाल लघुवित्तको शेयरमूल्य १०.२३ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता रु रु जलविद्युत परियोजना, ७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१, एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, थ्रिस्टार हाइड्रोपावर, मुक्तिनाथ विकास बैंक लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।