क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकबाट इजाजत लिनुपर्ने

Oct 10, 2025 12:36 PM merolagani



क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न इजाजत लिनुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै क्यासिनोलगायतका संस्थाले विदेशी मुद्राको कारोबार गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको हो। 

विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम केन्द्रीय बैंकबाट इजाजतपत्र लिएरमात्र विदेशी विनियमको कारोबार गर्नुपर्ने व्यवस्था छ । साेही व्यवस्थालाई टेकेर यस्ताे सूचना केन्द्रीय बै‌ंकले जारी गरेकाे हाे ।





सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।