संशोधित परिपत्रअनुसार अब नेपाली वा विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म, कर्मचारी, संस्था वा शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा फर्म, कम्पनी तथा संस्था)बाट प्राप्त हुने रकम इजाजतप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित लाभग्राहीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाख रुपैयाँ (एकपटक वा पटक–पटक)को विप्रेषण रकम ल्याउन सकिने रकम सीमा बढाइएको छ। यसअघि यस्तो सीमा २० लाख रुपैयाँ थियो।
संशोधित परिपत्रमार्फत राष्ट्र बैंकले भित्रिएको विप्रेषणको विवरण मासिक रुपमा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि मासिक रुपमा विवरण पेस गर्नुपर्ने व्यवस्था थियो।