'शेयर बजारलाई बाँधिएका डोरी फुक्दैछन्'

Oct 11, 2025 11:06 AM Merolagani



शेयर बजार सुधार कार्यदलले सरकारलाई बुझाएको सुझाव कार्यान्वयन नेपाल राष्ट्र बैंकले गर्न सुरु गरेको छ । मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा राष्ट्र बैंकले हटाएको छ ।

त्यसैगरी, संगठित संस्थाको शेयर, डिवेञ्चर तथा अन्य लगानी सम्बन्धी व्यवस्थामा पनि लचक भएको छ । राष्ट्र बैंकले सुझाव कार्यान्वयनमा देखाएको सकृयता प्रति शेयर बजारका लगानीकर्ताहरु सकारात्मक छन् । लगानीकर्ताले वर्षाैदेखि उठाउँदै आएका मागहरु पुरा भएका छन् ।

यद्यपि बजारमा लगानीकर्ताहरुको उत्साह भने देखिएन । बजार बढ्ने सूचक टिक्न नसक्दा लगानीकर्ताको विश्वास हराएको हो । मुलुकमा देखिएको राजनीतिक गतिविधिका कारण बजारलाई असर पारेको छ । शेयर बजारलाई बाधिएका धेरै डोरी मध्ये एक डोरी फुकेको अनुभवी लगानीकर्ता नयन बास्तोला बताउँछन् । तीनै बास्तोलासँग सुधा देवकोटाले गरेको कुराकानीः

कार्यदलले बुझाएको सुझाव कार्यान्वयनको चरणमा छ । लगानीकर्ताले माग गरेको अनुसारकाे निर्णय हुँदा लगानीकर्ता उत्साहित छन् । तर बजारले लगानीकर्ताको त्याे उत्साहालाई कायम गर्न सकेन किन ?

बिहीबार कारोबारको सुरुवातमा बजार हल्ट भएर २० मिनेटको लागि बन्द भयो । यो हुनु थियो । कारोबारलाई हेर्दा थोरै कित्ताले मात्रै सर्किट लाग्यो । यसले हाम्रो बजारमा सूचीकृत भएका कम्पनीको भ्यालु कस्तो छ भन्ने कुरा प्रष्ट हुन्छ । नेप्सेमा सूचीकृत कम्पनीको संख्या कम छ । हामीले सोझो कुरा गर्दा बजारको विश्लेषण नेप्से सूचकलाई हेरेर गरिन्छ भनिन्छ । तर त्यस्तो होइन । कम्पनीले उचित मूल्य पाएका छैनन । अहिले नेप्सेमा सूचीकृत भएका कम्पनीले नै बजारको सूचक ४ देखि ५ हजार माथि हुनु पर्ने थियो । त्यो कारणले पनि बिहीबार पहिले नै हल्ट भयो । हाम्रो बजार हिट एण्ड रनमा चलेको छ ।

शेयर बजार सुधारका लागि धेरै संघर्षहरु भएका छन् । सडकदेखि सरकारलाई घच्घच्याउने काम गरेका थियौ । तर कार्यान्वयन माग सम्बोधन नहुने र आलटाल हुने गरेको थियो । आज धेरै खुशी लागेको छ । हामी अनसन बसेर वा आन्दोलित भएर र प्रहरीको पक्राउमा परेर गरेका मागहरु जेनजीको आन्दोलन पछि कार्यान्वयनमा हुँदैछन् । विगतमा राजनीति पर्टीहरुले अर्थतन्त्र सुधारको लागि खासै काम गर्न सकेका थिएनन । विगतमा नेपाल राष्ट्र बैंकका गभर्नरले शेयर धितो कर्जामा सीमा कायम गर्नुको औचित्य के थियो । कसैको स्वार्थमा आएको कुरा हट्यो । वास्तविक शेयर बजारको सुधार र विकासको काम भएको छैन ।

यहाँ तपाईको प्रश्न छ । सुझाव कार्यान्वयन भयो बजारमा किन उत्साहा देखिएन भन्ने, बजारलाई चौतर्फि रुपमा बाधेर राखिएको छ । जसमध्ये एउटा डोरी राष्ट्र बैंकले खोलेको हो । त्यसैले लगानीकर्तामा विश्वास आएको छैन । बजारमा उत्साह नदेखिएको हो ।

सरकारले विगतमा ५८ बुँदे सुझाव मार्फत पूँजी बजार सुधार अगाडि बढाएको थियो । अहिले पनि कार्यदलको सुझाव अन्तर्गत पूँजी बजारको सुधार गर्ने क्रममा छ । यसबाट शेयर बजारको समस्या समाधान होला ?

तपाईले ५८ बुँदे सुझावको कुरा सम्झाउनु भएको छ । त्यसमा मेरो पनि सहभागिता थियो । हामीले सडकबाट र सुझाव समितिमा लगानीकर्ताको सहभागिता मार्फत सरकारलाई दबाब दिएका थियौं । सो समयमा लगानीकर्ता अनसन नै बस्नु परेको थियो । ५८ बुँदे सुझाव पनि राष्ट्र बैंकले कार्यान्वयनमा यस्तै तदारुक देखाएको थियो । तर शेयर बजारको नियामक मार्फत गर्नुपर्ने काम हुन सकेन ।

अहिले कार्यदलले बुझाएको सुझावमा पनि राष्ट्र बैंकले कार्यान्वयन गर्न सुरु गरेको छ । तर सम्बन्धित नियामक निकाय धितोपत्र बोर्ड नेप्से बाटै सुरु भएको छैन । धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीले आन्दोलन गरेर बजार सुधारको कामलाई ढिला सुस्ति गरेका छन् । अहिले नियामकहरुले चाहाने हो भने अनुकुल सरकार छ । बजारको सुधार हुन सम्भव छ । अहिलेको कार्यदलले बुझाएको सुझाव पूर्णरुपमा कार्यान्वयन हुने विश्वास छैन तर आशा छ । त्यसैले पनि लगानीकर्ताहरु ढुक्कसँग कारोबार गर्न सकिरहेका छैनन ।

शेयर बजारमा लगानीको वातावरण बनाउन र लगानीकर्ताको विश्वास बढाउन अझै के गर्नुपर्छ ?

नेपाल राष्ट्र बैंकले बजारलाई सहजिकरण गर्दैछ । यसमा सबै भन्दा महत्वपूर्ण कुरा भनेको बैंकको ब्याजदर हो । बैंकको ब्याजदर न्यून छ । तरलता पर्याप्त छ । यस्तो बेलामा पनि नीतिगत अप्ठ्याराेका कारण पूँजी परिचालन हुन सकिरहेको छैन । कुनै व्यक्तिले कम्पनी स्थापना गर्ने सोच बनाएको छ भने झन्झटिलो दर्ता प्रकृयादेखि नै भाग्नु पर्ने अवस्था छ । अन्य क्षेत्रमा त्यो तरलता परिचालन हुन सकेको छैन ।

अहिले शेयर बजारमा लगानी आउनु पर्ने हो । अहिले सबैको हात हातमा कारोबार गर्न सक्ने गरी नेप्सेको सिस्टम छ । तर पनि लगानी गर्न लगानीकर्ता तयार छैनन । कारण बजारलाई चौतर्फी बाधिएर हो । अनि मात्रै लगानीकर्तामा विश्वास बढ्ने छ ।

तपाईले शेयर बजार सुधारको काम भयो भन्नु भएको छ । हाम्रो बजारको लागि आवश्यक पर्ने १० प्रतिशत काम पनि हुन सकेको छैन । जस्तो कि गैर आवासिय लगानीकर्तालाई बजारमा लगानीको वातावरण बनाउन सकेको छैन । नेप्से पुनर्संरचना भएको छैन । तिरेको कर चुक्ता प्रमाण पत्र लिन झन्झटिलो व्यवस्था छ । बजारमा सप्लाई बढेको छ । माग बढाउनको लागि खासै केही काम भएको छैन । नेप्सेमा शेयरको मात्रै कारोबार भएको छ । इन्ट्र डे सट सेल, अक्सन मार्केट र डेरिभेटिभ केहि ल्याउन सकिएको छैन । प्रविधीकाे युगमा परम्परागत कारोबार शैलीमा कारोबार भएको छ । ठूलो अंकले नेप्से बढ्ने वा कारोबार रकम धेरै भए सिस्टम बिग्रिन्छ । यस्तो अवस्थामा लगानीकर्तामा विश्वास हुँदैन । सरकारले लगानीकर्ताको लगानीको सुरक्षाको लागि यि सबै कुरा कार्यान्वयन गर्नुपर्छ अनि मात्रै पूँजी बजारमा ढुक्क भएर लगानी गर्छन ।

शेयर बजारमा जोखिम लिएरै लगानी गर्ने हो भन्छन । अहिले बजारमा लगानी गर्न इच्छुकले कसरी लगानी गर्ने ?

लगानीको लागि यो उपयुक्त समय हो । नियामक निकायले पनि बजार सुधारको काम गर्नु पर्यो । केही सुरुवात भएको छ । विस्तारै तरल अवस्थामा रहेको राजनीति गतिविधी साम्य भए लगानीकर्ता बजारतिर आकर्षित हुने छन् । त्यसैले लगानी गर्ने उपयुक्त समय हो । कम्पनीहरुको शेयरको मूल्य न्यून छ । सरकारले बजार सुधारको लागि पहल गरेको छ । बैंकको ब्याजदर घटेको बेला बढ्ने हो । लगानीकर्ताहरुले दुई-चार दिन युटुव भिडियो हेरेको भरमा प्राविधिक विश्लेषण गर्ने भनेर कम्पनीको अवस्था नहेरी लगानी गर्नु हुँदैन । लगानीकर्ताले सुझबुझका साथ लगानी गर्ने हो । राम्रो कम्पनीहरुको मूल्य बढ्न सकेको छैन । यो विन्दुबाट बजार बढ्ने नै हो ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।