श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट

Oct 29, 2025 10:37 AM Merolagani



कात्तिक १२ गते, बुधबार, श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत असाेज २६ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा १८ लाख ९८ हजार ३३३ जनाले २ करोड ५ लाख ६८ हजार २१० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएको छ भने २६ हजार ६३६ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ३ कित्ता शेयर सोही लगानीकर्ताहरुमाझ वितरण गरिएको छ। जसअनुसार ३ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।