स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो बुङ्गल हाइड्रोको पहिलो कारोबार?

Nov 10, 2025 10:47 AM Merolagani



कात्तिक २४ गते, सोमबार, स्पेशल प्रि ओपन सेसनमा बुङ्गल हाइड्रो लिमिटेड (BUNGAL) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०२ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर हिजो अर्थात आइतबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको २९ लाख ५ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ५३ लाख ९५ हजार कित्ता शेयर गरी कुल ८३ लाख कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ८८ पैसादेखि ३०२ रुपैयाँ ६४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियाे। सोही रेञ्जका आधारमा आजको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित दोस्रो बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई बीयूएनजीएएल स्टक टिकर प्रदान गरेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।