स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो श्रीनगर एग्रीटेकको पहिलो कारोबार?

Nov 24, 2025 10:46 AM Merolagani



मंसिर ८ गते, सोमबार, स्पेशल प्रि ओपन सेसनमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड (SAIL) को पहिलो कारोबार भएको छ। यस दिन सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता ३०१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख ६२ हजार ५०० कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ३० लाख ५० हजार कित्ता गरी कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको स्टक टिकर (SAIL) रहेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।