स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो झापा इनर्जीको पहिलो कारोबार?

Nov 16, 2025 10:47 AM Merolagani



कात्तिक ३० गते, आइतबार, स्पेशल प्रि ओपन सेसनमा झापा इनर्जी (JHAPA) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २९३ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर गत शुक्रबार अर्थात कात्तिक २८ गते नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको ९ लाख ५० हजार ४७५ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २८ लाख ५१ हजार ४२५ कित्ता शेयर गरी कुल ३८ लाख १ हजार ९०० कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ १२ पैसादेखि ३०० रुपैयाँ ३६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीका पहिलो कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। नेप्सेले कम्पनीलाई (JHAPA) स्टक टिकर प्रदान गरेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।