एनआरएन इन्फ्रास्ट्रक्चरको प्रतिशेयर आम्दानी कति?

Nov 16, 2025 10:48 AM Merolagani



एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ५० लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८.३१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लगानीको मूल्य घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको फेर भ्यालु अफ इन्भेष्टेमन्ट ८९.१८ प्रतिशत घटेको छ भने वित्तयि आम्दानी ७२.२१ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी ७९.८३ प्रतिशत घटेको छ भने कुल खर्च ४१.८८ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५९ पैसा घटेर १ रुपैयाँ ५८ पैसामा झरेको छ। पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १ हजार १६०.३० गुणा रहेको छ।

१ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।