बैंकको ब्याजदर घट्दा एचआईडिसिएलको नाफा घट्यो

Nov 15, 2025 06:35 AM Merolagani



हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आथिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले १९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.१५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २७ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको ब्याजदर घट्दा कम्पनीको वित्तीय आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १२८.०४ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ३१.९६ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी ९३.७८ प्रतिशत घटेको छ भने वित्तीय खर्च ११.८२ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३० पैसा घटेर ३ रुपैयाँ १६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ५५ पैसा रहेको छ।

२४ अर्ब ५५ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ८१ करोड रुपैयाँ सञ्चित छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।