Tue, Mar 03, 2026
कात्तिक ३० गते, आइतबार, एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म निष्काशन तथा बिक्री गरेको आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल २१ लाख ८९ हजार ७७३ जनाले २ करोड ५३ लाख ८१ हजार २० कित्ता शेयरका लागि आवेदन गरेको थियो। सोमध्ये २० लाख ८७ हजार ३२० आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार ४ लाख ७ हजार ६१५ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा बाँकी रहेको ६ कित्ता शेयर सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिएको छ। जसअनुसार ६ जना लगानीकर्ताले कम्पनीको थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल २१ लाख ८९ हजार ७७३ जनाले २ करोड ५३ लाख ८१ हजार २० कित्ता शेयरका लागि आवेदन गरेको थियो। सोमध्ये २० लाख ८७ हजार ३२० आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार ४ लाख ७ हजार ६१५ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा बाँकी रहेको ६ कित्ता शेयर सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिएको छ। जसअनुसार ६ जना लगानीकर्ताले कम्पनीको थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।