करण केसी कप्तान रहेको काठमाण्डू र रोहित पौडेल कप्तान रहेको लुम्बिनी लायन्स दुबैको समान २–२ अंक छ। यद्यपि, लुम्बिनी लायन्सले २ खेलमा १ खेल जितेर २ अंक जोडेको हो भने काठमाण्डू गोर्खाज ३ खेलमा २ खेल हारेर २ अंकमा समेटिएको हो। आज काठमाण्डूको चौथो खेल हो भने लुम्बिनीको तेस्रो खेल हो।
साविक विजेता जनकपुर बोल्ट्सलाई उद्घाटन खेलमा पराजित गरेको काठमाण्डूले त्यसपछिका दुबै खेलमा हार व्यहोर्नु परेको थियो। अंक तालिकामा हाल शीर्ष स्थानमा रहेका सुदूरपश्चिम र विराटनगरसँग काठमाण्डू गोर्खाज पराजित भएको थियो। त्यस्तै, पहिलो खेलमा चितवन राइनोजलाई पराजित गर्दै विजयी सुरुवात गरेको लुम्बिनी लायन्स भने आफ्नो दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो।