एनपीएलः आज दुई खेल हुँदै, यस्तो छ समय तालिका

Nov 22, 2025 06:18 AM Merolagani



नेपाल प्रिमियर लिग (एनपीएल) को छैठौँ दिन आज दुई खेल हुँदैछ। आज पहिलो खेल कर्णाली याक्स लुम्बिनी लायन्सबीच हुनेछ भने देस्रो खेलमा काठमाण्डू गोर्खाजले विराटनगर किंग्सको सामना गर्नेछ।

आज अन्य दिनहरुमा भन्दा भिन्न समयमा खेल हुनेछ। यस अघि पहिलो खेला ११ः४५ बजे र दोस्रो खेल साँझ ४ बजे भइरहेकोमा आज पहिलो खेल ११ः१५ बजे र दोस्रो खेल साढे ३ बजे हुनेछ।

आज हुने पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सको सामना गर्नेछ। कर्णाली याक्स आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो भने याक्सका प्रतिद्वन्द्वी लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो। कर्णालीले हालसम्म कुनै अंक बटुलेको छैन भने लुम्बिनीले १ खेलबाट २ जोडेको छ।

साँझ साढे ३ बजे हुने खेलमा काठमाण्डू गोर्खाजले बिराटनगर किंग्सको सामना गर्दैछ। दुई खेल खेलेर १ मा जीत र १ मा हार व्यहोरेको काठमाण्डूले आज विराटनगरसँग तेस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको विराटनगर भने दोस्रो खेल खेल्दैछ। यी दुबै टोलीको समान २ अंक छ। यद्यपि, काठमाण्डूले २ खेलबाट २ अंक जोडेको हो भने विराटनगरले १ खेलबाट २ अंक कमाएको हो।