पुनः घट्यो नेप्से, कारोबार रकम पनि सामान्य घट्यो

Dec 10, 2025 03:10 PM Merolagani



बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको पहिलो कारोबार दिनदेखि घटिरहेको नेप्से, मंगलबार सामान्य अंक बढेको थियो। तर, यस दिन नेप्सेले सो क्रमलाई निरन्तरता दिन नसक्दा पुनः घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ७.८६ अंक घटेर २६०६.२० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२९ स्टकको ९१ हजार ३९४ पटकको कारोबारमा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरको ८६ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको झापा इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक ९.३० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन श्रीनगर एग्रीटेक इन्डष्ट्रीज शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ३९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम साढे ११ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।