नेप्से र कारोबार रकम दुबै घट्यो

Jan 07, 2026 03:09 PM Merolagani



बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १३.३५ अंक घटेर २६३५.९४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७ अर्ब १२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ७२ हजार ४७४ पटकको कारोबारमा ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँबराबरको १ करोड ६ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशत बढेको छ। शेयरमूल्य बढेका अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको एसवाई प्यानल नेपालको शेयरमूल्य यस दिन सर्वाधिक ८.४५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जीवन विकास लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी घटेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ९४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।