सुन र चाँदी दुवैको मूल्य घट्यो

Jan 08, 2026 10:58 AM Merolagani



पुस २४ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । 

सुनको मूल्य आज प्रतितोला २ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।