सुनको मूल्य आज प्रतितोला २ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
