प्रतिरोध क्षेत्र नजिक मल्टीपर्पस फाइनान्स, हेरौँ फाइनान्सको कम्पनी विश्लेषण

Jan 10, 2026 06:21 PM Merolagani



यस साता फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ। गत साता २३०५.२० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७७.४५ अंक बढेर २३८२.६५ विन्दुमा पुगेको छ।

सोही उपसमूहमध्येको एक कम्पनीको मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड (MPFL)।

यस साता फाइनान्सको शेयरमूल्य ३३ रुपैयाँ ९० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ६०६ रुपैयाँ १० पैसा रहेको यस फाइनान्सको अन्तिम मूल्य, यस साता ६४० रुपैयाँ पुगेको छ।

 

प्रतिरोध क्षेत्र नजिकै

यस साता फाइनान्सको शेयरमूल्य बढेर प्रतिरोध क्षेत्र नजिकै पुगेको छ। हाल फाइनान्सको प्रतिरोध क्षेत्र ६६५ देखि ६९० सम्म रहेको छ। आगामी साता कम्पनीको शेयरमूल्यले बढ्ने क्रमलाई निरन्तरता दिइ सो प्रतिरोध क्षेत्र तोडेर उकालो लागेमा ७५० देखि ७७५ को क्षेत्रमा प्रतिरोधको सामाना गर्ने देखिन्छ। तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरी झरेमा भने ५५० देखि ५८५ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी

यस साता साप्ताहिक रुपमा फाइनान्सको शेयरमूल्यले छोटो टुप्पी भएको बुलिश मैनबत्ती बनाएको छ। त्यस्तै, साताको अन्तिम कारोबार दिनबाहेक अरु सबै कारोबार दिन फाइनान्सको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। यसले सो साता र ती दिनहरुमा फाइनान्सको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने फाइनान्सको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। जसले सो दिन बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआईले हालसम्म फाइनान्सको शेयरमा ११ पटक बाइ सिग्नल दिइसकेको छ। जसमध्ये ६ सिग्नलबाट लगानीकर्ताहरुले नाफा कमाएका थिए भने ५ सिग्नलमा स्टप लस गर्नु परेको थियो। हाल मेरोलगानी एआईले फाइनान्सको शेयरमा कुनै सिग्नल दिएको छैन।

बलियो भोल्यूम

यस साता फाइनान्सको दैनिक औषतमा ४७ हजार ६५२ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन फाइनान्सको २० दिने औषत भोल्यूम ४४ हजार ९२४ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ६.०७ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

प्राविधिक विश्लेषणको अर्को उपकरण एमएसिडीमा यस साता फाइनान्सको शेयरमूल्यले बुलिश प्रवृत्तिमा रहेको छ। यस साता फाइनान्सको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ भने हिस्टोग्राम सकारात्मक क्षेत्रमा रहेको छ। एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी बढ्दो क्रममा रहेको छ भने हिस्टोग्रामको उचाई साताको अन्तिम कारोबार दिन घटेको छ।

खरिदचाप बढी

स्टकास्टिक आरएसआई अनुसार फाइनान्सको शेयरमूल्य अहिले ओभरबट जोनमा रहेको छ। यसले बजारमा फाइनान्सको शेयरमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा फाइनान्सले १ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.१७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै फाइनान्सको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २३.४८ प्रतिशत घटेर १ करोड ७६ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन आम्दानी ११.६६ प्रतिशत घटेर ३ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, फाइनान्सको सञ्चालन मुनाफा समीक्षा अवधिमा ४.९३ प्रतिशत घटेर२ करोड रुपैयाँमा झरेको छ।

गत असोज मसान्तसम्ममा ६१ करोड २ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा ११ करोड ९५ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा फाइनान्सले ३ अर्ब १९ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८९ पैसा रहेको छ भने बुकभ्यालु ११९ रुपैयाँ ६० पैसा रहेको छ। साताको अन्तिम मूल्यका आधारमा फाइनान्सको मूल्य आम्दानी अनुपात ७१.९९ गुणा र प्राइस टु बुकभ्यालु रेशियो ५.३५ गुणा रहेको छ।

आधारभूत अवस्था

हाल नेप्सेमा फाइनान्सको ६१ लाख २ हजार कित्ता शेयर सूचीकृत छ। गत बिहीबार फाइनान्सको अन्तिम मूल्य प्रतिकित्ता ६४० रुपैयाँ कायम भएको थियो। यस अनुसार फाइनान्सको कुल बजार पूँजीकरण ३ अर्ब ९० करोड ५२ लाख ८० हजार रुपैयाँ रहेको छ।

फाइनान्सको पछिल्लो १८० दिनको औषत मूल्य ५८०६ रुपैयाँ ५७ पैसा रहेको छ। त्यस्तै, फाइनान्सको ५२ हप्ताको उच्च शेयरमूल्य ७७५ रुपैयाँ रहेको छ भने न्यून मूल्य ४९१ रुपैयाँ रहेको छ।

३२ नम्बर ब्रोकरबाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ३२ ले फाइनान्सको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता फाइनान्सको २४ हजार ७०६ कित्ता खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर १६ ले १८ हजार कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ३५ ले फाइनान्सको सबैभन्दा बढी १८ हजार ४३ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर हट्यो

फियर एण्ड ग्रीड मिटरमा फाइनान्स अहिले फियर जोनबाट न्यूट्रल जोनमा पुगेको छ। यसले बजारमा लगानीकर्ताहरुमाझ फाइनान्सको शेयरमूल्य घट्छ भन्ने डर हटेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।