सुनको मूल्य बढ्यो, चाँदी हालसम्मकै महंगाे

Jan 11, 2026 11:06 AM Merolagani



आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यले तोलामा २१० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २१० रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा खरिद–बिक्री भएको थियो। चाँदीले पुस २३ गते कायम रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएकाे हो। पुस २३ गते चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा काराेबार भएकाे थियाे।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।