सुनको मूल्य बढ्यो, चाँदी हालसम्मकै महंगाे

Jan 11, 2026 11:06 AM Merolagani



आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यले तोलामा २१० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २१० रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा खरिद–बिक्री भएको थियो। चाँदीले पुस २३ गते कायम रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएकाे हो। पुस २३ गते चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा काराेबार भएकाे थियाे।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।