सुन र चाँदी दुबैको मूल्य घट्यो

Jan 22, 2026 11:07 AM Merolagani



माघ ८ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। बुधबार भारी वृद्धिसहित नयाँ रेकर्ड बनाएको सुन र चाँदीको मूल्य यस दिन भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ। बुधबारको तुलनामा यो मूल्य २ हजार ९०० रुपैयाँ कम हो। बुधबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ। बुधबार तोलाको ५ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ।




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।