प्रि ओपन सेसन अपडेटः २२ अंक घट्यो नेप्से

Feb 04, 2026 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २२ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १२.५८ अंक घटेर २६८३.१५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २२.१७ अंक घटेर २६६०.९७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ५.३५ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ८८ स्टकको १७६ पटकको कारोबारमा १ करोड २ लाख ९१ हजार ३१५ रुपैयाँ ९० पैसाबराबरको ८ हजार १८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने ५८ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।