९,५०० रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला ३ लाख नाघ्यो

Feb 08, 2026 11:24 AM merolagani



नेपाली बजारमा आज आइतबार सुनको मूल्य ताेलामा नै ९ हजार ५०० रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३ लाख ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा चार हजार सात सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार १० रूपैयाँमा कारोबार भइरहेको छ।