निर्वाचन आचार संहिताका कारण ठूला परिवर्तन नहुने राष्ट्र बैंक स्राेतकाे भनाइ छ । राष्ट्र बैंक स्रोतकाअनुसार, डेपुटी गभर्नर डा. निलम ढुंगाना विदेश भ्रमणबाट आज स्वदेश फर्किने कार्यक्रम छ । उनलाई कुर्नु परेकाले व्यवस्थापन र सञ्चालक समितिको बैठक बस्न ढिलाइ भएको राष्ट्र बैंक स्राेतकाे भनाइ छ।
ढुंगाना आइपुगेलगत्तै बैठक राखेर समीक्षा स्वीकृत गर्न सकिने र त्यो सम्भव नभए ढिलाेमा बुधबार सार्वजनिक हुने बताइएको छ। आर्थिक वर्षको ६ महिना सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा ल्याउनु कानुनी बाध्यता हो। गत वर्ष फागुन १३ गते राष्ट्र बैंकले मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा गरेकाे थियाे ।