बिर्ला र ब्ल्याकस्टोनले आरसीबीलाई १ अर्ब ८० करोड डलरमा किन्ने, आईपीएल टोलीहरूको मूल्यमा फेरि नयाँ कीर्तिमान

Mar 25, 2026 05:46 PM Merolagani



उच्च मूल्यमा राजस्थान रोयल्स विक्री भएको केही घण्टामै इण्डियन प्रिमियर लिगको अर्काे टिम रोयल च्यालेन्जसर्स बैंगलोर पनि बिक्री भएको छ ।

भारतीय अर्बपति कुमार मङ्गलम बिडला समूहको नेतृत्वमा रहेको एक समूह (कन्सोर्टियम)ले लन्डनस्थित मदिरा उत्पादक कम्पनी डियाजियोको भारतीय एकाइ 'युनाइटेड स्पिरिट्स' बाट रोयल च्यालेन्जर्सलाई १६७ अर्ब भारतीय रुपैयाँ (करिब १ अर्ब ८० करोड डलर) नगदमा खरिद गर्न लागेको हो। युनाइटेड स्पिरिट्सले मङ्गलबार जारी गरेको विज्ञप्ति अनुसार यस समूहमा ब्ल्याकस्टोनका साथै 'द टाइम्स अफ इन्डिया ग्रुप' र डेभिड ब्लिट्जरको 'बोल्ट भेन्चर्स' पनि सामेल छन्।

"विगत दुई दशकमा आईपीएल एक विश्वव्यापी खेलकुद शक्तिका रूपमा उदाएको छ। जसले भारतीय क्रिकेटको स्वरूप बदल्दै देशका लागि ठूलो मूल्य सिर्जना गरेको छ," आदित्य बिर्ला समूहका अध्यक्ष कुमार मङ्गलम बिर्लाले एक छुट्टै विज्ञप्तिमा भने, "आधुनिक खेलकुदमा सबैभन्दा आकर्षक टोलीमध्ये एक आरसीबीले बिर्ला समूहलाई विश्वव्यापी खेलकुदको क्षेत्रमा आफ्नो विरासत विस्तार गर्न एउटा विशिष्ट प्लेटफर्म प्रदान गर्नेछ।"

 

यो खरिदसँगै बिर्ला पनि मुम्बई इन्डियन्सका मालिक मुकेश अम्बानी जस्तै आईपीएलका उच्च प्रोफाइल टोली मालिकहरूको सूचीमा सामेल भएका छन्। आरसीबीको नयाँ स्वामित्व संरचना अन्तर्गत कुमार बिर्लाका छोरा तथा आदित्य बिर्ला समूहका निर्देशक आर्यमान विक्रम बिर्ला अध्यक्ष बन्नेछन् भने टाइम्स ग्रुपका सत्यान गजवानीले उपाध्यक्षको रूपमा काम गर्नेछन्। आईपीएलको संस्थापक टोलीमध्ये एक आरसीबी सुरुमा व्यापारी विजय माल्याको स्वामित्वमा थियो। तर, सन् २०१२ मा माल्याको 'किङ्गफिसर एयरलाइन्स' ऋणमा डुबेपछि उनले युनाइटेड स्पिरिट्सको शेयर डियाजियोलाई बेचेका थिए। जसको हिस्सा आरसीबी पनि थियो।

फोब्र्सको वास्तविक समयको तथ्यांक अनुसार आदित्य बिर्ला समूहको चौथो पुस्ताका नेता कुमार बिर्लाको कुल सम्पत्ति १९ अर्ब १० करोड डलर छ। उनको व्यवसाय आल्मुनियम, सिमेन्ट, कपडा, दूरसञ्चार, वित्तीय सेवा र रङ जस्ता विभिन्न क्षेत्रमा फैलिएको छ।

आरसीबीको यो सम्झौता सार्वजनिक भएकै दिन अर्को आईपीएल टोली राजस्थान रोयल्स पनि १ अर्ब ६० करोड डलरमा बिक्री भएको खबर आएको छ। अमेरिकामा आधारित उद्यमी काल सोमानीको नेतृत्वमा रहेको सो समूहलाई वालमार्टका उत्तराधिकारी तथा अमेरिकी फुटबल टोली 'डेनभर ब्रोंकोस' का मालिक रोब वाल्टन र फोर्ड परिवारकी सन्तान शीला फोर्ड ह्याम्पको पनि समर्थन प्राप्त छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।