विश्वकप भइरहेको छ अमेरिका, क्यानडा र मेक्सिकोमा, सबैभन्दा धेरै कमाउँदैछन् चीन र भारतका यी दुई कम्पनी

Jul 05, 2026 03:13 PM Merolagani



नेपालीमा एउटा उखान छ—काम गर्ने कालु, मकै खाने भालु । अहिलेको विश्वकपमा त्यो उखान ठवाक्कै लागू भएको छ । 

किनकी विश्वकप फुटवल खेल्नु त परैको कुरा, चीन र भारतमा फुटवल खेल पहिलो रोजाईको खेलसमेत होइन । भारतमा क्रिकेट र चीनमा मार्सल आर्टस्लाई पहिलो रोजाईको खेल मानिन्छ । तर, मैदानमा जेसुकै होस्, पैसाको सन्दर्भमा भने यो विश्वकपबाट सबैभन्दा धेरै चीन र भारतका कम्पनीहरुले कमाउँदैछन् । अर्थात् अपवादमा एशियाली र अफ्रिकी महादेशका केही देश भए पनि मुख्यगरी मैदानमा भिड्दैछन्—युरोप र अमेरिकाका खेलाडीहरु । तर, उनीहरुको भिडन्तलाई आधार बनाएर कमाउनेहरु चाहिँ चीन र भारतीय कम्पनी ? साँच्चै गजबको खेल अर्थशास्त्र ।

विश्वकप जस्ता मेगा इभेन्टहरूमा कृषि र पशुपालन क्षेत्रका बहुराष्ट्रिय कम्पनीहरूले प्रत्यक्ष प्रायोजक (Official Sponsors) वा विश्वव्यापी आपूर्ति श्रृंखलामार्फत अर्बाैं डलर कमाउने गर्छन् । खेलकुदमा हेल्थ, न्यूट्रिसन र कम्युनिटीको नारा दिँदै यी ब्रान्डहरूले आफ्नो बजार विस्तार गरिरहेका छन् ।

फिफा विश्वकपको आधिकारिक डेरी प्रायोजक (Official Dairy Sponsor)को रूपमा चिनियाँ डेयरी विशाल मेन्गुन्यु (Mengniu) अग्रपंक्तिमा आउँछ । यसले सन् २०१८, २०२२ र २०२६ को विश्वकपहरूसँग लगातार साझेदारी गर्दै आएको छ ।

रंगशालाभित्र र डिजिटल माध्यममा मेन्गुन्युले आफ्ना दूध, दही, आइसक्रिम र पाउडर दूधको Exclusive Product Rights गर्छ । विश्वकपको अवधिमा कम्पनीले स्वास्थ्य र सक्रिय जीवनशैलीका सामग्रीहरू बनाउँछ ।

मेन्गुन्युले विश्वकपको प्रायोजनका लागि मात्रै करिब ६० करोड देखि ७० करोड डलर खर्च गर्ने अनुमान गरिएको छ । तर, यो लगानीबाट विश्वकपको १ महिना र त्यसपछिको अवधिमा यसको विश्वव्यापी बिक्रीमा २० देखि २५ प्रतिशतसम्मको वृद्धि हुन्छ, जसले गर्दा यसको वार्षिक आम्दानी १३ अर्ब डलर (करिब १७ खर्ब रुपैयाँ) भन्दा माथि पुग्ने गरेको छ । सबैभन्दा रोचक कृषि एजेन्सीको रूपमा UPL Ltd  फिफा विश्वकपको क्षेत्रीय साझेदारको रूपमा जोडिएको छ ।

 

यो कम्पनीले सिधै उपभोक्तालाई सामान बेच्दैन, तर यसले विश्वकपको मञ्च प्रयोग गरेर दक्षिण अमेरिका र वैश्विक बजारका ठूला किसानहरूलाई आकर्षित गर्छ। विश्वकपको समयमा यसले दिगो खेती, जैविक बिउ, र कार्बन क्याप्चर प्रविधि (Carbon Reduction Projects) को प्रचार गर्छ ।

विश्वकपको ब्रान्डिङ प्रयोग गरेर डेरीले विश्वभरका १३० भन्दा बढी देशका किसानहरूसँग सम्बन्ध बलियो बनाउँछ । विश्वकपकै आसपासमा यसको बायो सोलुसन्स (जैविक मल र विषादी)को व्यापार र कम्पनीको कुल राजस्व ६ अर्ब डलर नाघ्नेछ ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।