अघिल्लो कारोबार दिन अर्थात आइतबार ७१.०५ अंक घटेर २८७९.११ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.८६ अंक बढेर २८८१.९७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक घटेको छ।
सोमबार प्रि ओपन सेसनमा ५९ स्टकको २०३ पटकको कारोबारमा ३२ लाख ५४ हजार ३७४ रुपैयाँ ७० पैसाबराबरको ६ हजार १४३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।