बीमा प्राधिकरणले ताकेता गरेपनि अझै केही कम्पनीले गरेनन् साधारण सभा

Mar 31, 2026 11:21 AM Merolagani



नेपाल बीमा प्राधिकरणले समयमा साधारण सभा गर्न ताकेता गरे पनि अझै केही बीमा कम्पनीहरुले साधारण सभा सम्पन्न गरेका छैनन । अझै सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी र निजीतर्फ युनाइटेड अजोड इन्स्योरेन्सले साधारण सभा गरेका छैनन् । अघिल्लाे वर्ष बीमा कम्पनीहरुले झन्डै आवको सकेको नौ महिनामा मात्रै साधारण सभा सम्पन्न गरेकोमा चालु आवमा भने अधिकांश कम्पनीहरुले आव सकेको ६ महिनामै साधारण सभा गरेका छन् ।

जीवन र निर्जीवन दुवै बिमा क्षेत्रका कम्पनीहरूले लगानीकर्ताका लागि आकर्षक बोनस शेयर र नगद लाभांशको प्रस्ताव गरेका छन्। जीवन बिमा तर्फको विश्लेषण गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेसन र नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै २१.१ प्रतिशत कुल लाभांश घोषणा गरेका छन्। एलआइसीएनले २१.०५ प्रतिशत नगद लाभांश दिएर नगद लाभांशलाई प्राथमिकता दिएको छ भने नेपाल लाइफले ५ प्रतिशत बोनस र १६.०५ प्रतिशत नगद लाभांश बितरण गरेकाे थियाे।

त्यसैगरी सन नेपाल लाइफले २०.३ प्रतिशत र सिटिजन लाइफले २० प्रतिशत नगद लाभांश वितरण गरेका छन्। नेसनल लाइफ इन्स्योरेन्सले ४ प्रतिशत बोनस र ८.५ प्रतिशत नगद लाभांश गरी १२.५ प्रतिशत तथा प्रभु महालक्ष्मी इन्स्योरेन्सले ४ प्रतिशत बोनस र ४.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत लाभांश घोषणा गरेका थिए । गत आवको नाफाबाट जीवन बीमा कम्पनीमध्ये हिमालयन लाइफ इन्स्योरेन्सले मात्रै कुनै लाभांश वितरण गरेको छैन । गत वर्षको नाफाबाट नेपाल लाइफ, सन नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ र एसियन लाइफ इन्स्योरेन्सले मात्रै बोनस शेयर घोषणा गरेका छन् । जोखिममा आधारित चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था पछि धेरै बीमा कम्पनीहरुले आफ्नो पुँजीको आवश्यकता अनुसार मात्रै बोनस शेयर घोषणा गरेका छन् ।

यता निर्जीवन बिमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी २५ प्रतिशत नगद लाभांश घोषणा गरेर लगानीकर्तालाई आकर्षित गरेको छ। नेको इन्स्योरेन्सले ३ प्रतिशत बोनस र १२.७८ प्रतिशत नगदसहित कुल १५.८ प्रतिशत लाभांश दिएको छ । यता सगरमाथा लुम्बिनीले १५ प्रतिशत नगद लाभांश र प्रभु इन्स्योरेन्सले ८.७ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद गरी कुल ९.१७ प्रतिशत लाभांश दिने भएका छन्। हिमालय एभरेष्ट र शिखर इन्स्योरेन्सले पनि क्रमशः ८ र ६.३२ प्रतिशत लाभांशको घोषणा गरेका छन्। निर्जीवन बीमा कम्पनीतर्फ शिखर, एनएलजी, नेको, प्रभु र सानिमा जीआईसीले मात्रै बोनस शेयर दिएका छन् । अधिकांश कम्पनीहरूले पुँजी वृद्धिका लागि बोनस शेयर र तत्काल प्रतिफलका लागि नगद लाभांशको सन्तुलन मिलाएको देखिन्छ। निर्जीवन बीमा कम्पनीतर्फ अहिलेसम्म युनाइटेड अजोड इन्स्योरेन्सले गत वर्षको साधारण सभा अहिलेसम्म गरेको छैन । त्यसैगरी सरकारी स्वामित्वमा सञ्चालनमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले पनि साधारण सभा गरेको छैन । युनाइटेड अजोड इन्स्योरेन्सले भने चैत्र २६ गतेदेखि चुक्ता पुँजीको १० प्रतिशत हकप्रद निष्काशन गर्दैछ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।