'सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाइनु स्वागतयोग्य'

Mar 31, 2026 02:20 PM merolagani



नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लामो समयदेखि समस्याका रुपमा रहेको सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाउनु स्वागयोग्य भएको बताए ।

निर्माण व्यवसायी महासंघको २६ औँ साधारण सभा तथा १३ औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सार्वजनिक खरिद ऐन लामो समयदेखि अव्यवहारिक रहेको र निजी क्षेत्रले पटक–पटक यसको विरोध गर्दै आएको र अहिले दुई तिहाइको जनादेश प्राप्त सरकारबाट संशोधनका लागि कार्यदल बन्नु सकारात्मक भएको बताए ।

ढकालले ऐन संशोधन हुँदा निर्माण क्षेत्रसँग सम्बन्धित धेरै समस्याहरू समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । अब गठित कार्यदललाई निर्माण क्षेत्रका वास्तविक समस्या प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै ढकालले निर्माण व्यवसायीले आफ्नो क्षेत्रका समस्या स्पष्ट रूपमा राखे ती समाधान हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष ढकालले भने–‘सार्वजनिक खरिद ऐन वास्तवमा अव्यवहारिक छ । धेरै पटक हामीले यसको विरोध गरेका छाैं । अहिले दुई तिहाइको सरकार आएको छ । सार्वजनिक खरिद ऐन परिर्वतन गर्नुपछ भनेर उद्योग वाणिज्य महासंघले सरकारलाई दिएको सुझावअनुसार सरकारले कार्यदल बनाएर संशोधन गर्दैछ । कार्यदल बनाएर ऐन परिवर्तन गर्ने जुन प्रकारले सरकारले अघि बढाएको छ, सरकारले एक साता नबित्दै खरिद ऐन संशोधनको जुन तयारी गरेको छ, यो निकै स्वागतयोग्य छ । यसले निर्माण क्षेत्र सम्बन्धित समस्याहरुलाई सम्बोधन गर्नेछ । अब सोही कार्यदललाई निर्माण व्यवसायीले यो क्षेत्रका समस्याहरु दिनुपर्छ र ती समाधान हुनेछ । अहिलेको सरकारले तुरुन्त समस्या गर्न लागेको मैले पनि बुझेको छु । ठेक्का लगाउँदा विभिन्न प्रकारको बैंक ग्यारेन्टी हुन्छ, तर निर्माण व्यवसायीले आफ्नो कारणले नभई अन्य कारणले काम अघि बढाउन सकिरहेको हुँदैन तर अपजस निर्माण व्यवसायीलाई लगाएर ठेक्का तोड्ने प्रवृत्ति देखिएको छ ।’

ढकालकाअनुसार अहिलेको सरकारले निर्माण क्षेत्रका समस्या तुरुन्त समाधान गर्ने प्रयास गरिरहेको छ । ठेक्का प्रक्रियामा विभिन्न प्रकारका बैंक ग्यारेन्टीको व्यवस्था भएपनि कतिपय अवस्थामा निर्माण व्यवसायीको कारणले नभई अन्य कारणले काम अघि बढ्न नसक्ने अवस्था हुने गरेको समेत उनले बताए । तर त्यस्तो अवस्थामा पनि निर्माण व्यवसायीलाई दोषी ठहर गरेर ठेक्का तोड्ने प्रवृत्ति देखिएको भन्दै उनले यसलाई सुधार गर्न आवश्यक रहेको बताए।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।