हवाई इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडामा भारी वृद्धि

Apr 01, 2026 05:50 PM Merolagani



मध्यपूर्व (खाडी क्षेत्र) मा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा उच्च वृद्धि गरेपछि हवाई भाडा पनि महँगिएको छ।

वायुसेवा सञ्चालक संघकाअनुसार नेपाल आयल निगमले चैत्र १८ गतेदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर १२४ रुपैयाँ वृद्धि गरेको छ । यस वृद्धिसँगै अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँ पुगेको छ ।भाडा समायोजन र प्रभावइन्धनको मूल्य झण्डै दोब्बरले वृद्धि भएपछि वायुसेवा कम्पनीहरूले पनि ‘फ्युल सरचार्ज’ बढाएर नयाँ भाडादर कायम गरेका छन् ।

इन्धनको मूल्य बढेको अनुपातमा सबै उडानका लागि नयाँ हवाई तथा हेलिकप्टर भाडा दर लागू गरिएको छ । वायुसेवा कम्पनीहरूले आफ्नो उडान खर्च उठाउन र सेवालाई निरन्तरता दिन भाडा बढाउनु अनिवार्य भएको संघले जनाएको छ । इन्धनको मूल्य घटबढ हुँदा तत्कालै भाडा समायोजन गर्ने नीति अनुरूप यो निर्णय लिइएको संघका प्रवक्ता मुरलीधर जोशीले जानकारी दिएका छन् । यो मूल्यवृद्धिका कारण यात्रु तथा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति वायुसेवा सञ्चालक संघले क्षमायाचना गरेको छ । निगमले एकैपटक ठूलो मात्रामा इन्धनको मूल्य बढाएपछि हवाई यात्रा निकै महँगो हुने देखिएको छ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।