सुनचाँदी दुवैको मूल्य घट्यो

Apr 02, 2026 10:55 AM Merolagani



चैत १९ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १६५ रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।