वैदेशिक रोजगारीमा रहेका नेपाली लक्षित सामसङकाे नयाँ अभियान सार्वजनिक

Apr 20, 2026 12:28 PM Merolagani



वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै सामसङ नेपालले सपनादेखि सम्भावनासम्म अभियान सार्वजनिक गरेको छ।

विदेशबाट नेपालमा रेमिट्यान्स पठाउने नेपालीलाई सामसङ रेमिटमा अफर अभियानमार्फत एनसेल, खल्ती र आइएमइ तथा हुलासलगायतका साझेदारसँग मिलेर रेमिट्यान्समा निर्भर परिवारलाई लाभ दिने लक्ष्य राखेको छ । 

त्यसका लागि सामसङका उत्पादन खरिदमा विशेष लाभ दिइने र एनसेल रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको इएमआइ र क्यासब्याक जस्ता योजना ल्याइएको छ ।

अभियानले सामसङ इनोभेसनमार्फत जीवन जोड्ने र आधिकारिक उत्पादन छनोट गर्ने महत्वलाई जोड दिएको कम्पनीले जनाएको छ ।

 




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।