संस्थागत सुशासन विपरीत नियुक्ति पाएकी सीडीएससीकी कार्यकारी प्रमुख पन्दाकलाई नेप्सेले फिर्ता बोलायो

Apr 24, 2026 03:56 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रबन्ध सञ्चालक तथा कार्यकारी प्रमुख प्रवीण पन्दाकलाई पदबाट हटाएको छ। 

आज बसेको नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई सीडीएससीको जिम्मेवारीबाट मुक्त गर्दै पुनः माउ संस्था (नेप्से) मै फिर्ता बोलाउने निर्णय गरेको हो।

पन्दाकको यो नियुक्ति सुरुदेखि नै विवादित र संस्थागत सुशासनको सिद्धान्त विपरीत रहेको भन्दै आलोचना हुँदै आएको थियो। तत्कालीन नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण बहादुर कार्कीले आफ्नो कार्यकाल सकिनै लाग्दा पन्दाकलाई सीडीएससीको नेतृत्व सुम्पेका थिए।

गत भदौ ७ गते पूर्णप्रसाद आचार्यको कार्यकाल सकिएपछि सीडीएससीमा सिइओ पद खाली भएको थियो। सो पदमा खुला प्रतिस्पर्धाबाट नयाँ सिइओ नियुक्त गर्नुपर्नेमा, तत्कालीन सिइओ कार्कीले संस्थागत सुशासनको धज्जी उडाउँदै पन्दाकलाई २०८१ पुस १४ गते चार वर्षका लागि प्रबन्ध सञ्चालक नियुक्त गरेका थिए। आफ्नो कार्यकाल सकिन लागेको समयमा अर्को संस्थाको प्रमुखमा दीर्घकालीन अवधिका लागि कर्मचारी नियुक्त गर्नुलाई गम्भीर नीतिगत विचलनका रूपमा हेरिएको थियो।

अस्थायी वा निमित्त जिम्मेवारी दिनुपर्ने ठाउँमा सिधै चार वर्षको कार्यकाल तोकेर गरिएको उक्त नियुक्ति नियमसम्मत नदेखिएको भन्दै नेप्सेको वर्तमान नेतृत्वले उनलाई फिर्ता बोलाएको हो। पन्दाकलाई नेप्सेमै फिर्ता बोलाइएपछि अब सीडीएससीको नेतृत्व र रिक्त रहेको सिइओ पदको नयाँ नियुक्ति प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेमा सबैको चासो बढेको छ।

सीडीएससी जस्तो संवेदनशील संस्थामा विना प्रतिस्पर्धा र सुशासनका न्यूनतम मापदण्ड समेत पालना नगरी गरिएको नियुक्ति खारेज भएसँगै अब त्यहाँ विधिपूर्वक नयाँ नेतृत्व आउने बाटो खुलेको छ। पन्दाक अब नेप्सेमै आफ्नो पुरानो जिम्मेवारीमा फर्किने छिन्।

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।