पर्याप्त प्रमाणबिना कुनै पनि व्यक्तिमाथि कठोर कदम चाल्ने कार्यले प्रणालीप्रतिको विश्वासमा असर पर्न सक्छ : नाइमा

Apr 24, 2026 06:12 PM merolagani



नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष, तथा नाइमाका बोर्ड सदस्य श्री शेखर गोल्छा पक्राउ गरिएको बिषयमा दु:ख व्यक्त गरेको छ ।

एक बिज्ञप्ति निकाल्दै नाइमाले सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर प्रदान नगरिकोमा असन्तुष्टि जनाएको छ ।

कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष ढंगले अनुसन्धान हुनु र कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि आवश्यक कारबाही हुनु पर्नेमा संस्था अडिग छ। तथापि पर्याप्त प्रमाणबिना कुनै पनि व्यक्तिमाथि निष्कर्षमा पुग्ने वा कठोर कदम चाल्ने कार्यले समग्र प्रणालीप्रतिको विश्वासमा असर पर्न सक्ने भएकाले यस सन्दर्भमा सम्बन्धित निकायहरूले आवश्यक संवेदनशीलता अपनाउन नाइमा विनम्रतापूर्वक अनुरोध गर्दछ,विज्ञप्तिमा भनिएको छ ।

उद्योग तथा व्यवसाय क्षेत्रले मुलुकको अर्थतन्त्र, रोजगारी सिर्जना, राजस्व संकलन तथा समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पु-याउँदै आएको तथ्य सर्वविदित छ। यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उच्च राख्ने, विश्वासको वातावरण सुदृढ गर्ने तथा उद्यमशीलताको निरन्तरता कायम राख्ने दिशामा राज्यले निजी क्षेत्रको योगदानलाई उचित रूपमा स्वीकार गरी सोहीअनुसार व्यवहार र नीतिगत सन्देश दिनु आवश्यक हुन्छ, विज्ञप्तिमा भनिएको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।