पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु, तीनजना घाइते

Apr 26, 2026 09:28 AM Merolagani



कपिलवस्तुमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। हुलाकी सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिप्ररहवामा पार्किङ गरेर राखिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको यूपी ३२ सीए ८३४३ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडक किनारमा रोकिएको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुर्घटनामा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको छ।

यसैगरी, दुर्घटनामा महाराजगञ्ज नगरपालिका–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतीलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मी घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले स्कार्पियो अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।