धरानमा बस दुर्घटना, चार जनाको मृत्यु

Apr 08, 2019 Merolagani



सुनसरीको धरानमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३१ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तिब्र गतिको बस अनियन्त्रीत भई बिजुलीको पोलमा ठोकिएको हाे ।

दुर्घटनामा बसका चालक चक्रबहादुर गुरुङ, बसकै यात्रु दलबहादुर मगर र एक बालक तथा महिलाकाे ज्यान गएकाे सुननसरी प्रहरीले जनाएकाे छ ।

धनकुटाबाट धरान आउँदै गरेको ना ६ ख २७१३ नम्बरको बस धरानको जिरो पोइन्ट भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते ३१ जना यात्रुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।