प्रि ओपन सेसन अपडेटः ३ अंक बढ्यो नेप्से

May 14, 2026 10:53 AM Merolagani



बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ४.१५ अंक घटेर २७४०.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३ अंक बढेर २७४३.२५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६१ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४४ स्टकको १२१ पटकको कारोबारमा ४० लाख २६ हजार ६०८ रुपैयाँ ६० पैसाबराबरको ६ हजार ३६५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।