तर, त्यसको एक हप्तापछि सुनको मूल्य एक हजार ४०० रुपैयाँले घटेर जेठ १ गते शुक्रबारसम्म आइपुग्दा सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।
महासंघका अनुसार, यो हप्ता सुनको मूल्यमा त्यति उतारचढाव भने आएन् । कहिले मूल्य स्थिर, कहिले थोरैले सुनको मूल्य घटबढ भइरहेको देखिन्छ ।
महासंघका अनुसार, गत बैशाख २७ गते आइतबार सुन प्रतितोलामा एक हजार रुपैयाँले घटेर उक्त दिन २ लाख ९८ हजार ९०० रुपैयाँमा किनबेच भयो ।
त्यस्तै, बैशाख २८ सोमबार भने सुन प्रतितोलामा ४०० रुपैयाँले घट्यो । त्यसदिन सुन २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तैगरी, बैशाख २९ गते मंगलबार एकैदिन सुन प्रतितोलामा ४ हजार ४०० रुपैयाँले बढेर उक्त दिन सुन प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बैशाख ३० गते बुधबार भने सुन प्रतितोला ७०० रुपैयाँले घटेर ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । र, बैशाख ३१ गते बिहीबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार आइपुग्दा एकैदिन सुनको मूल्य ४ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सुन व्यवसायीका अनुसार, यस हप्ता सुनको मूल्य त्यति धेरै घटबढ नभएको हो ।