सुनको मूल्य बढ्यो, चाँदीकाे घट्यो

May 18, 2026 11:02 AM Merolagani



जेठ ४ गते सोमबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । यस दिन सुन प्रतितोला ८०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा २० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबारको बजारमा सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिदबिक्री भएको थियो।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।